नुहाउन गएका किशोर नदीमा डुबेपछि स्थानीयहरूको सहयोगमा उद्धार

सिलगढी : साथीहरूसित नदीमा नुहाउन गएका एकजना किशोर नदीमा डुबेको घटना प्रकाशमा आएको छ। आज बिहान सिलगढीको 35 नम्बर वार्ड निवासी बादल बर्मन साथीहरूसित साहुडाङ्गी अधिकारपल्लीको रेल ब्रिज संलग्न नदीमा नुहाउन गएका थिए। स्थानीय सूत्रले दिएको जानकारी अनुसार नुहाउनको लागि नदीमा ओर्लिदा रेल ब्रिजको पिलरमा उक्त किशोर अड्केपछि बाहिर निस्कने धेरै प्रयास गरे तापनि निस्कन नसकेपछि तिनका साथीहरू चिच्याउन थाले। साथीहरू चिच्याएको आवाज सुनेर स्थानीय मानिसहरू घटनास्थलमा पुगेर नदीमा ओर्लिएर बादललाई उद्धार गरे। घटनाको खबर पाएर आमबारी आउटपोस्ट पुलिस घटनास्थलमा पुगेर उक्त किशोरलाई उद्धार गरेर अस्पतालमा लगेको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

casibomdeneme bonusuMARSJOJO