गान्तोक : टोक्यो ओलम्पिकमा धनु-काँड़ प्रतियोगितामा अंश ग्रहण गर्ने खेलाडी तरुणदीप राई अनि ओलम्पिक बक्सिङ खेलाडी लभलिना बिरगोहेनको कोच सन्ध्या गुरुङलाई सिक्किम सरकारले सम्मान जनायो।

गान्तोकको सम्मान भवनमा आज एउटा कार्यक्रमबीच मुख्यमन्त्री पीएस गोलेले कोच सन्ध्या गुरुङ एवम् खेलाडी तरुणदीप राईलाई शल ओढाएर फुलको गुच्छा एवम् सम्मान पत्र प्रदान गरेर सम्मान जनाइयो।
