सिलगढी (निसं): उत्तर बंगाल विश्व विद्यालयका उप-कुलपतिको पदमा ओम प्रकाश मिश्रलाई फेरि नियुक्त गरेको छ। राज्यका राज्यपाल सीबी आनन्द बोसले हिज एउटा नोटिशिकेशन जारी गरेर तिनलाई तेस्रोपल्ट फेरि आजदेखि आगामी 2 महिनाको लागि उत्तर बंगाल विश्व विद्यालयका उप कुलपति पदभार सुम्पेपछि तिनले एनबीयु-को कार्यालयमा पुगेर आज आफ्नो पदभार सम्हालेका छन्।

यसभन्दा अघि नयाँ उपकुलपति ओम प्रकाश मिश्रलाई उत्तरबंग विश्वविद्यालयका शिक्षण तथा गैर शिक्षण कर्मीहरू लगायत विद्यार्थीहरूले भव्य स्वागत जनाए।
