पारिजात संघ-द्वारा मिरिकमा थर्मल स्क्रिनिङ र सेनिटाइज

मिरिक : पारिजात संघ मिरिक बजारले आजदेखि बाइपास मोडमा थर्मल स्क्रिनिङ अभियान शुरू गरेको छ। यहाँको आले मोडमा मिरिक इन्निसिएटिभ (मिरिकेन्स) कृष्णनगरले थर्मल स्क्रिनिङ लगायत बाहिरबाट आउनेहरूको रेकर्ड राखेर मार्गदर्शन गरिरहेको छ। यसरी नै पारिजात संघ मिरिक बजारले पनि मिरिकलाई सुरक्षित राख्न अनि मानिसहरूलाई सतर्क र सचेत गराउने उद्देश्यले थर्मल स्क्रिनिङ र सेनिटाइज अभियान शुरू गरेको पारिजात संघ अध्यक्ष श्रीमती बुद्ध तामाङले बताइन्। यसरी नै वार्ड पार्षदिका श्रीमती पुनम विश्वको नेतृत्वमा पारिजात संघका महिला सदस्यहरूले बाइपास मोडमा सक्रियताको साथमा अभियान जारी राखेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *