पहाडका युवाहरूको तृणमूल युवा कांग्रेसप्रति झुकाउ

मिरिक : पहाडमा हिल तृणमूल युवा कांग्रेसमा युवाहरूको समर्थन लगातार बढ्दै गइरहेको हिल तृणमूल युवा कांग्रेस मिरिक अध्यक्ष शोभन घिसिङले दावी गरेका छन्। तिनले बताएअनुसार पहाडको मिरिक, खरसाङ, दार्जिलिङ, कालेबुङ लगायत अन्य स्थानका युवाहरू हिल तृणमूल कांग्रेसको विकास कार्यप्रति आकर्षित बनेर पार्टीमा सामेल भइरहेको तिनले जानकारी गराए। तिनले दिएको जानकारीअनुसार दसैँपछि मिरिकको सौरेनीमा युवा कांग्रेसको आयोजनामा एउटा विराट जनसभा गरिने भएको छ भने यसको लागि तयारी शुरू भइसकेको छ। विभिन्न ठाउँहरूबाट सङ्गठन विस्तारलाई लिएर निमन्त्रण आए तापनि दसैँको आगमनले गर्दा हाल साङ्गठनिक क्रियाकलापलाई स्थगित गरिएकोले दसैँपछि नै ती सबै कार्यक्रमहरू गरिने तिनले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *