दार्जिलिङ (निसं): दार्जिलिङ वेलफेयर सोसाइटीका अध्यक्ष हर्षवर्धन श्रृङ्लाले दार्जिलिङ पहाड़को चिया उद्योग विषयमा केन्द्रीय वाणिज्य तथा उद्योग मन्त्री पीयूष गोयल र वाणिज्य सचिव सुनील बर्थवालसँग भेटेर बातचित गरे। तिनले दार्जिलिङ चिया उद्योगको स्थिति, विशेष गरी चिया बगान, कामदारहरूको कष्ट र उनीहरूको स्थिति साथै भारतको प्रमुख वैश्विक उत्पाद पुनर्जीवन गर्ने विकल्पहरूको विषयमा छलफल गरेको बताइएको छ।
तिनले दार्जिलिङ पहाड़मा रहेका चियाबारीहरूको विकास र चियाबारीहरूमा कार्यरत् श्रमिकहरूको विभिन्न समस्या र यसको समाधान विषयमा केन्द्रीय वाणिज्य तथा उद्योग मन्त्री पीयूष गोयल र वाणिज्य सचिव सुनील बर्थवालसँग बातचित गरेको जनाइएको छ।