पहाडको स्थायी राजनैतिक समाधानको लागि भाजपा प्रतिबद्ध:  राजु विष्ट

मिरिक : भारतीय जनता पार्टीले गोर्खा जातिको हित अनि दार्जिलिङ पहाडको स्थायी राजनैतिक समाधानको निम्ति पार्टीको संकल्प पत्रमा उल्लेख गरेको कुराहरू कुनै कागजको टुक्रा नभएको बताउँदै उक्त संकल्प पत्रलाई कार्य रूपमा उतार्न भाजपा प्रतिबद्ध रहेको दार्जिलिङका सांसद राजु विष्टले दावी गरेका छन्। गोर्खा जातिको 11 जात गोष्ठीलाई जनजातिको मर्यादा दिलाउन तथा गोर्खा जातिको अस्मिता, विकास लगायत स्थायी राजनैतिक समाधानको लागि गत केही दिन अघि गृहमन्त्रीसित बैठक गरिसकेको बताउँदै यसको समाधान धैर्य साथै भारतीय संविधान अनुसार गरिने विष्टले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *