पहाडमा अनैतिक रूपले शिक्षक नियुक्ति भएकोमा हामी विरोध गर्छौ: प्रभाष्कर ब्लोन

मिरिक (निसं): दार्जिलिङ पहाडमा अनैतिक प्रकारले शिक्षक नियुक्ति भएको छ भने त्यसको हाम्रो पार्टीले विरोध जनाउने छ भन्दै यस विषयमा पार्टीले आफ्नो टेक अघिबाट नै राखिसकेको केन्द्रीय उपाध्यक्ष तथा सभासद प्रभाष्कर ब्लोनले बताएका छन्। यस विषयमा तिनले भने, शिक्षक नियुक्ति प्रकरणको मुद्दा अहिले न्यायालयमा रहेको छ। न्यायालयले जे फसेला दिन्छ, हामी मानिलिनेछौ। तिनले मिरिकमा पत्रकारहरूसित कुरा गर्दै शिक्षक नियुक्तिमा कहाँ भाइ भतिजावाद, आमा-छोरावाद,बाउ-छोरावाद छ, त्यो हामीलाई सबै थाहा छ। यस विषयमा हामी जुन ठाँउमा आवाज उठाउँन पर्ने हो, अवश्यै उठाँउनेछौ। हामीले शिक्षक नियुक्ति प्रकरणमा आफ्नो टेक अघिबाट नै स्पष्ट गरिसकेका छौ। सभासद ब्लोनले बर्तमान समयमा प्रत्येक विद्यालयबाट वर्षमा 6-7 जना शिक्षकहरूले अवकाश ग्रहण गरिरहेका छन्, यस्तो स्थितिमा सही ढंगमा शिक्षक नियुक्ति हुन आवश्यक रहेको बताए। कतिपय विद्यालयमा भोलेण्टियर शिक्षकहरूले पनि ठूलो योगदान दिएको कुरालाई तिनले स्मरण गराए। तिनले भने, पहाडमा एसएससी लागू गराए शिक्षा ब्यवस्थामा सुधार आउनेछ, योग्य व्याक्तिहरूले नियुक्ति पाउनेछन्। हामी सरकारको पोलेसी पर्खेर बसेका छौ। सरकारको पोलेसी हेरेपछि जहाँ जस्तो आवाज उठाँउन पर्नेछ हामी उठाँउने छौ। तिनले पहाडमा इडी अनि सीबीआई ल्याउने क्षमता आफुहरूसित नरहेको किरा स्पष्ट रूपमा बताउँदै यदि यहाँ भष्टाचार भऐको छ भने त्यसको निष्पक्ष जाँच हुन आवश्यक रहेको बताए। तिनले आफुहरूले शुरूदेखि नै भष्टाचार विरूद्ध आवाज बुलन्द गरेको दावी गर्दै गत चुनाउमा पनि इमान्दारलाई चौकी अनि चोरलाई जेल भनेका थियौ भनि बताए। तिनले जीटीए सभामा आफुहरू विपक्षमा रहेर आफ्नो धर्म पालन गर्ने बताउँदै राम्रो कार्यको प्रशंसा अनि नराम्रो कार्यको विरोध गर्ने बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

jojobetCasibom GirişJojobet GirişcasibomMeritking Girişholiganbet girişcasibom girişdeneme bonusubahsegel girişbaywin girişmatadorbet girişMARSBAHİSMARSBAHİS GÜNCEL GİRİŞcasibom