पहाड़मा पञ्चायत चुनाउको निम्ति पहल गरिदिने मुख्यमन्त्रीलाई रमेश कडरियाको अनुरोध

दार्जिलिङ: जीटीए भनेको सुन हो, सुनलाई सुन नै भन्नुपर्छ। जीटीए-मा ऐन संशोधन गर्नसक्ने क्षमता छ भन्दै राज्य सरकारसँग मिलेर जीटीएमा रहेका रिक्त पदहरूमा नियुक्ति गर्नसक्ने पनि जीटीए-मा क्षमता रहेको कुरा हिल तृणमूल कङ्ग्रेस युवा एकाईका महासचिव रमेश कडरियाले बताएका छन्। दार्जिलिङमा आज तिनले पत्रकारहरूलाई बताए अनुसार दागोपाप कालदेखिको अस्थायी, पे ब्याण्डमा कार्यरत कर्मचारीहरूको स्थायीकरणको प्रक्रियाको पनि अब चाँडो समाधान हुनेछ। यसको साथै पहाड़मा अब ग्रामीण क्षेत्रको विकासको निम्ति पञ्चायत चुनाउ हुन अनिवार्य रहेको तिनले बताए। तिनले भने, पहाडमा ग्रामीण क्षेत्र विकासको निम्ति पञ्चायत चुनाउ गराउन सके केन्द्र र राज्य सरकारबाट प्राप्त हुने साहुलियतहरू सोझै ग्रामीण क्षेत्रवासीले पाउनेछन्, जुन साहुलियतबाट ग्रामीणवासीहरू हालसम्म पनि वञ्चित छन्। यसैकारण राज्यका मुख्यमन्त्री ममता ब्यानर्जी साथै जीटीए-का प्रमुख कार्यपाल अनित थापाप्रति हिल तृणमूल कङ्ग्रेस युवा एकाई महासचिव रमेश कडरियाले पहाड़मा पञ्चायत चुनाउको निम्ति पहल गरिदिने अनुरोध गरेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *