पहाडी इलाकामा लगातार परेको पानीले गजलडोबामा बढ्यो टिस्टाको जलस्तर, स्थानीय मानिसहरू चिन्तित

गजलडोबा (निसं): पहाडी इलाकामा लगातार परिरहेको पानीले गर्दा गजलडोबामा टिस्टाको पानीको स्तर बढेको छ। यसले गर्दा केही लक गेट खोलि दिएको छ। विशेष गरेर, सिक्किममा गत केही दिन अघिदेखि लगातार अधिक वर्षा भइरहेको छ। जसले गर्दा उत्तर सिक्किमको विभिन्न ठाउँमा पहिरो गएर ज्यान-मालको व्यापक नोक्सानी भएको छ। यसैबीच, बुधवार रातिदेखि टिस्टाको पानीको स्तर निक्कै माथिसम्म पुगेको छ।  


स्थानीय मानिसहरूले बताए अनुसार बुधबार दिउँसोसम्म टिस्टा ब्यारेजमा ज्यादा पानी थिएन तर आज बिहानदेखि पानीको स्तर  बढ्न शुरू भएको छ। पहाडी इलाकामा परिरहेको वर्षाले गर्दा यता पानी बढिरहेको छ। गत वर्ष सिक्किममा बादल फाटेर टिस्टा नदीले भयानक रूप धारण गरेपछि धेरैजनाको ज्यान लिनको साथै व्यापक नोक्सान गरेको थियो। यसैले गर्दा टिस्टा नदी तट इलाकाका मानिसहरू पानी बढेपछि आतङ्कित भएका छन्।  

 


 

Leave a Reply

Your email address will not be published. Required fields are marked *