पैह्रोग्रस्त सातघुम्ती बस्ती अनि दुर्पीन गाउँको समष्टि प्रतिनिधिहरूद्वारा भ्रमण

खरसाङ: खरसाङ खण्ड अन्तर्गत रहेको सातघुम्ती बस्ती, दुर्पीन गाउँ अनि यहाँको निर्माणाधीन सड़कमा गएको पैह्रोको परिभ्रमण गर्न अनि स्थानीय मानिसहरूको अवस्था र स्थिति बुझ्न आज जीटीए अध्यक्ष अनित थापाको निर्देशमा गोजमुमो पंखाबारी-अम्बटे समष्टि सभापति प्रणाम रसाईली, सचिव ललित प्रधान, प्रचार-प्रसार सचिव फूलचन्द कुजूर, खरसाङ सिँचाई विभागका सह-अभियान्ता अविनाश शर्मा यहाँ आए। तिनीहरूले सम्पूर्ण गाउँको भ्रमण गरेर पैह्रो प्रभावित क्षेत्रको निरीक्षण गर्नको साथै पैह्रो पीड़ितहरूसित कुराकानी पनि गरे। यसबारे जानकारी गराउँदै समष्टि सभापति प्रणाम रसाईलीले आज सातघुम्ती बस्ती अनि दुर्पीन गाउँको सम्पूर्ण पैह्रो प्रभावित क्षेत्रको भ्रमण गरेपछि सबै रिपोर्ट तयार पारेर स्थितिबारे जीटीए अध्यक्ष अनित थापालाई अवगत गराउने बताए। तिनले स्थानीय मानिसहरूले धेरै समस्याहरू जुझ्न परिरहेको बताउँदै तिनीहरूको समस्या समाधान गर्न आफूहरू सधैँ कटिबद्ध रहेको बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

casibom girişcasibomcasibom girişcasibom girişbahsegelcasibomcasibom girişcasibomcasibom giriş