पैह्रो स्थलको गोजमुमो 2 रिम्बिक लोधोमा समष्टिद्वारा निरीक्षण

रिम्बिक: दार्जिलिङ पुलबजार खण्डमा पर्ने सुदूरवर्ती ग्रामहरूमा सिरीखोला ग्राम पञ्चायत अन्तर्गत पर्ने मुसेपाखा, चुले ढुङ्गा नजिक गत दुई दिनको अविराल वर्षाले भीषण पैह्रो गएको छ भने उक्त पैह्रोले गर्दा दुई परिवार जोखिममा परेका छन्। उक्त घटनाको खबर पाएपछि गोजामुमो दोस्रो खेमा रिम्बिक लोधोमा समष्टि सभापति नोर्देन शेर्पा, सचिव मिलन प्रधान साथै युवाध्यक्ष बिजय चौहान लगायतको टोलीले पैह्रो स्थलको स्थलगत निरीक्षण गरे। निरीक्षणपछि उक्त टोलीले यसबारे खण्ड विकास अधिकार दार्जिलिङ पुलबजार खण्डसित सम्पर्क गरेर पैह्रोदेखि तल रहेको दुई परिवारलाई सुरक्षित अन्य स्थानमा सार्ने पहल गर्ने साथे तिनीहरूलाई चाहिने सर समानहरू पार्टीद्वारा उपलब्ध गराइने समष्टि सभापति शेर्पाले स्थानीयवासीहरूलाई आश्वासन दिएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *