पैह्रो झरेर राष्ट्रिय राजमार्ग 10 बन्द, पैह्रो सफाई कार्य युद्धस्तरमा

सेभोक : सिक्किमको जीवन रेखा मानिने राष्ट्रिय राजमार्ग 10 गत राति परेको मुसुलधारे पानीले बन्द भएको छ। प्राप्त जानकारीअनुसार बाघपुल नजिक एसएनटी धारा छेउमा गत राति माथिबाट पैह्रो झर्दा सडक बन्द हुन पुगेको छ।


 

माथिबाट पैह्रो सडकमा झरेको कारणले गर्दा गत रातिदेखि नै बाटो बन्द भएपछि वाहनहरूको चलाचल पुनः रूपले ठप्प बनेको छ भने दुवैतर्फ वाहनहरूको लामो लाइन लागेको छ। तथापि, सम्बन्धित विभाग अनि पुलिसको सहयोगमा पैह्रोलाई सोरेर सडक खोल्ने कार्य युद्धस्तरमा चलिरहेको जानकारी प्राप्त भएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *