मिरिक : मिरिकदेखि सिलगढीतर्फ जाने सडक मार्ग स्टेट हाइवे 12-मा गत राति परेको अधिक वर्षाको कारण पैह्रो झरेर सडक अवरोध बन्न पुगेको छ। मुसलधारे वर्षाले घैयाबारीको जङगलस्थित स्टेट हाइवेमा सडकको माथिल्लो भागबाट पैह्रो झर्नको साथै यसको मुनिल्लो भाग पनि चर्किएको छ। उक्त चर्किएको ठाउँमा कुनै पनि समय ठुलो अझ पैह्रो जान सक्ने सम्भावना देखिएको छ।
