सुकेपोखरी : आज बिहानैदेखि परेको अधिक वर्षाको कारण सुके पोख्रेबुङ क्षेत्रको जनजीवन अस्त व्यस्त बन्न पुग्यो। केही समयसम्म परेको लगातार वर्षाको कारण कतिपय ठाउँहरूमा पैह्रो गएको छ भने यता नागरी धजे समष्टिको धजे बस्ती राङभाङस्थित मेन रोड पूर्ण रूपले क्षतिग्रस्त बन्न पुगेको छ। उक्त पैह्रोबारे जीटीएको सम्बन्धित विभागलाई सूचित गरेपछि भोलि उक्त क्षेत्रको निरीक्षण गर्न आउने थाहा लागेको छ।