पैह्रोले तीनधारे बजारका सुदन प्रधानको घर क्षतिग्रस्त

तीनधारे : खरसाङ महकुमा अन्तर्गत तीनधारेमा गत राती परेको पानीले तीनधारे बजार निवासी सुदन प्रधानको घर क्षतिग्रस्त बनाएको छ। तीनधारे बजारदेखि नयाँ कमान जाने रोडमा रहेको स्थानीय सुदन प्रधानको घरलाई माथिबाट पैह्रो झरेर क्षतिग्रस्त बनाएको छ। स्थानीयहरूले बताए अनुसार सुदन प्रधान र उनकी पत्नी मात्रै रहेको घरमा राती माथिबाट झरेको पैह्रो घरभित्र थुप्रिएको छ। यसको साथै दुवै पति पत्नी पैह्रोबाट भाग्यले बाँच्न सकेको बताएका छन्। मध्य रातीपछि गर्जनसहित पानी परेर घर हल्लेको जस्तो भएपछि दुवैजना घरबाहिर निस्कन्दा अचानक माथिबाट पैह्रो झरेर घरभित्र पसेको र दुवैले भागेर ज्यान जोगाएको जानकारी प्राप्त भएको छ। दुवैलाई घर नजिकैको अर्को सानो घरमा सारिएको स्थानीयहरूले जनाएका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

casibom girişcasibomcasibom girişcasibom girişbahsegelcasibomcasibom girişcasibomcasibom giriş