पैह्रोमा छोटाटिङलिङका रोशन तामङको परिवार भाग्यले बाँचे

मिरिक : मिरिक महकुमा को छोटाटिङलिङका रोशन तामङको घर हिजो रातभरि परेको पानीले भत्काइ दिएको छ भने तामाङ दाम्पती भाग्यले बाँचेको बताइएको छ। प्राप्त जानकारी अनुसार परिवारका सदस्यहरू सुतिरहेको समय राति कोठाको माथिल्लो भागबाट पैह्रो घरभित्र पस्दा घर भत्किएको छ। छोटाटिङलिङका राजेश खवासका छोरा प्रवेश खवास पनि भाग्यले बाँचेका छन्। तिनी सुतेको कोठा माथिबाट पैह्रो झरेर घरलाई हानी पुय्राएको बताइएको छ। अर्कोतिर, रातभरि परेको पानीले जताततै पैह्रो झरेर यहाँको बाटोहरू भत्किएको छ भने छोटाटिङलिङको सम्बन्ध सबै ठाउँसँग बिच्छिन्न बन्न पुगेको छ। छोटाटिङलिङदेखि खोप्रेल र नोल जाने बाटो पनि पुर्णरूपले भत्किएको छ। यदि सडकको मरमति कार्य चाँडै नगरे  अब छोटाटिङलिङको अवस्था कालापानी झै हुने स्थानीय मानिसहरूले भनाई रहेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *