पहिरो पीडितहरूलाई पुनर्वासको माग गर्दै गोजमुमो 2 टोलीद्वारा बीडीओ-लाई ज्ञापन

बिजनबारी : लगातार वर्षाको कारण बिजनबारीको गोक ग्राम पञ्चायत अन्तर्गत पर्ने तकवियामा भीषण पैह्रोले मोठ 11 घर जोखिमपूर्ण स्थितिमा पुगेको छ। यसैले गर्दा चाँड़ोभन्दा चाँड़ो ती घरहरूलाई अन्य सुरक्षित स्थानमा पुनर्वास गराइयोस् भन्ने माग गर्दै आज गोजमुमो दुई पुल बिजनबारी गोक समष्टिका सदस्यहरूले केन्द्रीय सदस्य मणि कुमार राईको अगुवाईमा दार्जीलिङ पुलबजार खण्ड विकास अधिकारीसित भेट गरेर कुराकानी गरे। यसको साथै प्रतिनिधि टोलीले खण्ड विकास अधिकारीलाई एउटा ज्ञापन पत्र पनि चड़ाए। यसपछि खण्ड विकाश अधिकारीले चाँड़ै नै उच्च स्तरीय बैठक राखेर यसको समाधान गरीदिने आश्वासन दिएको समष्टि संयोजक गंगा प्रधानले जानकारी गराएका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *