कराची: पाकिस्तानका पूर्व राष्ट्रपति परवेज मुशर्रफको आज दुबईमा निधन भयो। तिनी 78 वर्ष पुगेका थिए अनि धेरै लामो समयदेखि विरामी थिए। उनी क्यान्सरसँग जुझिरहेका थिए। स्मरण रहोस, परवेज मुशर्रफ 2001-देखि 2008-सम्म पाकिस्तानका राष्ट्रपति रहेका थिए। यसअघि तिनी सेनाका प्रमुख पनि थिए। भारत-पाकिस्तानमाझ कारगिल युद्धको निम्ति परवेज मुशर्रफलाई सोझै रूपमा जिम्मेवार ठहराइन्छ। नवाज शरीफले तिनलाई सत्ताच्यूत गरेका थिए।
