पञ्चायत चुनाउको मुखैमा फुलबारीबाट देशी पिस्तोल, कार्तुस सहित 1 जना  पक्राउ

सिलगढी : पञ्चायत चुनाउको मुखैमा फुलबारीबाट देशी पिस्तोल, एक राउण्ड जिउँदो कार्तुस सहित एकजना युवकलाई पक्राउ गरेपछि आज जलपाईगढी अदालतमा पेश गर्यो। पक्रा परेका युवक चोपडाको काँचकली इलाका निवासी शङ्कर अधिकारीको रूपमा चिन्हित गरिएको छ।


पुलिस सूत्रले दिएको जानकारी अनुसार गोप्य सूचनाको आधारमा एनजेपी थाना पुलिसले हिजो साँझ फुलबारी ब्यारेज इलाकामा अभियान चलाएर शङ्कर अधिकारीलाई पक्राउ गरेर छानबीन गर्दा एउटा देशी पिस्तोल, एक राउण्ड जिउँदो कार्तुस उद्धार गरेको छ। पक्रा परेका आरोपी विरुद्ध थानामा यसभन्दा अघि पनि विविध अभियोग दर्ता गरिएको छ। घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *