सिलगढी : पञ्चायत निर्वाचनलाई लिएर राज्यको विभिन्न ठाउँमा अशान्ति भइरहेको छ। राज्यपाल सीभी आनन्द बोसले पीडितहरूलाई भेट्न तथा घटनाको सत्यता पत्तो लगाउन जिल्लाको भ्रमण गर्नेछन्। आज दार्जिलिङ जिल्लाको भ्रमण अवधि तिनले यस प्रकारको मन्तव्य पोखेका हुन्। राज्यपालले आज अपरान्ह स्टेट गेस्ट हाउसमा पत्रकार सम्मेलन गरे। पत्रकारहरूलाई सम्बोधन गर्दै तिनले भने, विभिन्न ठाउँमा भएको राजनैतिक हिंसामा घाइते भएका मानिस तथा परिवारका सदस्यहरूसित भेट गर्न जानेछु। विभिन्न घटनाहरूको रिपोर्ट पाएपछि तिनले ती रिपोर्टहरू फिल्टर गरेको भेट्टाए। वास्तविक कथा प्रायः त्यहाँ हुँदैन। यसैले तिनी वास्तविक तथ्य जान्नको लागि प्रभावित ठाउँहरूमा जानेछन्। वास्तविक तथ्य थाहा पाएपछि मात्र उचित सुझाउ तथा निर्देश दिन सकिने तिनले बताए। सिलगढी लगायत कुचबिहार, उत्तर तथा दक्षिण दिनाजपुर, मुर्शिदाबाद, अलिपुरद्वार, कुचबिहार, जलपाईगढी एवम् अन्य केही जिल्लाहरू जाने राज्यपालले बताए।