पञ्चायत चुनाउ: राजगञ्जमा तेस्रो दिनको नामाङ्कन प्रक्रिया सुचारू रूपमा सम्पन्न

राजगञ्ज : राजगञ्जमा पञ्चायत चुनाउको लागि तेस्रो दिनको नामाङ्कन प्रक्रिया सुचारू रूपमा सम्पन्न भयो। नामाङ्कन प्रक्रियाको तेस्रो दिन राज्यका विभिन्न ठाउँहरूमा नामाङ्कनलाई लिएर अशान्ति भए तापनि राजगञ्जको बीडीओ कार्यालयमा कुनै बाधाविहीन तेस्रो दिनको नामाङ्कन प्रक्रिया सम्पन्न भयो। यस दिन पञ्चायतका उम्मेदवारहरूले पुलिसको कठोर सुरक्षाबीच विभिन्न राजनीतिक दलका उम्मेद्वारहरूले नामाङ्कन पत्र लिने तथा जम्मा गर्ने प्रक्रिया सम्पन्न भयो। तथापि, तृणमूलको तर्फबाट आज नामाङ्कन पत्र बुझाएको देखिएन। यस विषयमा डाबग्राम-फुलबारीका विधायिका शिखा च्याटर्जीले भनिन्, आज शान्तिपूर्ण ढङ्गमा नामाङ्कन पत्र जम्मा गरियो। व्यवस्था राम्रो थियो। आफूहरूले कुनै बाधा विहीन नामाङ्कन पत्र बुझायौँ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *