राजगञ्ज (निसं): शान्तिपूर्ण ढङ्गले पञ्चायत चुनाउ सम्पन्न गराउनका लागि जिल्लाको विभिन्न ठाउँमा केन्द्रीय बलका जवानहरूले रूट मार्च शुरू गरेको छ। यसैक्रममा आज इलाकामा शान्ति व्यवस्था बनाइ राख्नको लागि केन्द्रीय बलका जवानहरूले जलपाइगढी जिल्लाको आमबारीमा रूट मार्च गरे। पञ्चायत चुनाउको ठीक तीन दिन अघि आज बुधबार केन्द्रीय बलका जवानहरूले राज्य पुलिसका अधिकारीहरूसित रूट मार्च गरेका छन्। आमबारी-फालाकाटा आउट पोस्टका ओसी सन्दीप दत्तको नेतृत्वमा बिन्नागुढी अञ्चलस्थित आमबारीको कमारभिटा, चकियाभिटा, बटतला लगायत विभिन्न इलाकामा रूट मार्च गरे।