पञ्चायत समितिमा पनि तृणमूलको जीत, 66 मध्ये 55 सीटमा तृणमूल-को विजयी

सिलगढी : पञ्चायत समितिमा पनि तृणमूलले विपुल मतले जीत हासिल गरेको छ। पञ्चायत समितिको मोठ 66 वटा आसनमध्ये तृणमूलले 55 आसनमा जीत जीत हासिल गरेको छ भने अन्य आसनमा भाजपा 9 र 2 आसनमा अन्य पार्टीले जीत हासिल गरेको छ। तृणमूल कङ्ग्रेसले नक्सलबारीमा 18 मध्ये 17 आसन, खोरीबारीमा 12 मध्ये 9 आसन, मतिगढामा 15 मध्ये 12 आसन र फाँसीदेवामा 21 मध्ये 17 आसनमा जीत हासिल गरेको छ। अर्कोतिर, भाजपाले नक्सलबारीमा 1 आसन, खोरीबारीमा 3 आसन, मतिगढामा 3 आसन र फाँसीदेवामा 2 आसनमा जितेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *