पाँचकोलगढीमा विभागद्वारा विद्युत परिसेवा स्वाभाविक बनाउने कार्य शुरू  

सिलगढी : फुलबारी 1 नम्बर अञ्चलको पाँचकोलगढी भालोबासा मोड इलाकामा सर्ट सर्किटले गर्दा धेरै परिवारको मिटर बक्स, टिभी, फ्रिज, बिजुलीको तार क्षतिग्रस्त बनेकोले स्थानीय मानिसहरूले क्षतिपूर्तिको माग गरेको छ। विद्युत विभागको तर्फबाट आज बिहानैदेखि उक्त इलाकाको विद्युत परिसेवा स्वाभाविक बनाउने कार्य युद्ध स्तरमा चलिरहेको छ। इलाकाको धेरैजसो घरमा नयाँ मिटर बक्स लगाउने कार्य चलिरहेकोले गर्दा 24 घण्टाको अवधिमै विद्युत परिसेवा स्वाभाविक गरिने विद्युत विभागको तर्फबाट जनाएको छ। स्मरण रहोस्, फुलबारी 1 नम्बर अञ्चल अन्तर्गत पर्ने भालोबासा मोड संलग्न पाँचकोलगढीमा हिजो दिउँसो 1 बजी अचानक सर्ट सर्किटले गर्दा धेरैवटा घरको मिटर बक्स, फ्यान, टिभी, फ्रिज नष्ट भएको थियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *