सिलगढी : फुलबारी 1 नम्बर अञ्चल अन्तर्गत पर्ने भालोबासा मोड संलग्न पाँचकोलगढीमा सर्ट सर्किटले गर्दा सयभन्दा अधिक घरको वैद्युतिक सामग्रीहरू क्षतिग्रस्त भएको छ। प्राप्त जानकारीअनुसार आज दिउँसो 1 बजी अचानक उक्त इलाकाको स्थानीय मानिसहरूको घरको मिटर, फ्यान, टिभी, फ्रिज नष्ट भएको छ। उक्त इलाकाको माथिबाट गएको हाईटेनसन तारमा सर्ट सर्किट हुँदा उक्त घटना भएको बताइएको छ। घटनापछि इलाकामा आतङ्कको माहौल देखापर्यो। मानिसहरू आ-आफ्नो घरबाट बाहिर निस्के। अर्कोतिर, विद्युत विभागका कर्मचारीहरू घटनास्थलमा पुगेपछि आक्रोशित मानिसहरूले क्षोभ प्रकट गर्दै विभाग समक्ष क्षतिपूर्तिको माग गरे।