सिलगढी : वार्ड नम्बर 24 को डीवाईएफआई कार्यकर्ताहरूले पाँच सूत्रीय मागलाई लिएर फुलेश्वरी अन्डरपास अघि धरना प्रदर्शन गरे। प्राप्त जानकारी अनुसार सिलगढी नगरनिगमको वार्ड नम्बर 24 अन्तर्गत फुलेश्वरी अन्डरपासको मेनहोलको मरमति लगायत पाँच सूत्रीय मागमा विरोध प्रदर्शन गरिएको बताइएको छ। वार्ड 24 को सीपीआईएमका सचिव इन्द्रजीत चन्दले बताएअनुसार फुलेश्वरी अन्डरपासको मेनहोल विगत छह महीनादेखि खुल्लै रहेकोले कुनै पनि समय ठुलो दुर्घटना हुनसक्छ। यसैले आज फुलेश्वरी अन्डरपास नजिक हातमा प्ला कार्ड बोकेर वार्ड नम्बर 24 को डीवाईएफआई कार्यकर्ताहरूले धरना प्रदर्शन गरेको तिनले बताए। यदि आफूहरूको माग पुरा नगरेको खण्डमा वृहत् आन्दोलन गर्ने तिनले चेताउनी दिएका छन्।