पानीघट्टा : विधानसभा चुनाउको मुखैमा पानीघट्टा क्षेत्रबाट गोजमुमो विनय खेमा र गोरामुमो पार्टीका 35 घर परिवारले पार्टी त्यागेर बिमल गुरूङलाई समर्थन जनाएको छ। स्थानीय मिलन वाइबाको नेतृत्वमा 35 घरले गोजमुमो बिमल खेमाको खरसाङ विधानसभाका प्रार्थी नर्बुजी लामाको उपस्थितिमा पार्टीको झण्डा ग्रहण गरे। चुनाउको समयमा यसरी किन दल परिवर्तन गरिएको हो भनी सोधिएको प्रश्नको जवाफमा तिनीहरूले आफ्नै इच्छाले गोजमुमो अध्यक्ष बिमल गुरूङ हात अझ दह्रो पार्न साथै तिनका प्रार्थीलाई चुनाउमा जिताउनको लागि नै आफूहरू सामेल भएको बताए। पार्टीमा सामेल हुनेहरूलाई सुकुना पानीघट्टा समष्टि एकका अध्यक्ष रमेश श्रेष्ठ, पानीघट्टा शाखा अध्यक्ष कुमार खवास अनि नर्बुजी लामाको हातबाट झण्डा प्रदान गरियो।