पानीघट्टाको गोर्खा किक बक्सिङ एकाडेमीका 2 जना खेलाडी नेशनल किक बक्सिङ खेल्न गोवा जाने

मिरिक : दुई वर्ष अघि स्थापित भएको गोर्खा किक बक्सिङ एकाडेमीले छोटो समयमा धेरै नै उपलब्धि प्राप्त गरिसकेको छ। यति छोटो समयमा यहाँबाट डिस्ट्रिक, स्टेट र नेशनल लेबलसम्म पुगेर मेडलहरू जितेर आएको एकाडेमीका कोच बिशाल राईले जानकारी गराए। यस एकाडेमीमा सिक्न आउने खेलाडीहरूको आभिभावकहरूले आफ्नो छोरा छोरीहरू कुलतमा नलागेर खेलकूदमाथि पनि ध्यान दिएकोमा धेरै खुसी व्यक्त गर्दै कोच विशाल राईले गोर्खा किक बक्सिङ एकाडेमी पानीघट्टा बजारमा सञ्चालन भइरहेको बताए। उक्त एकाडेमीका दुईजना खेलाडी नेशनल किक बक्सिङ प्रतियोगिताको लागि चयन भएको छ भने उक्त प्रतियोगिता गोवामा सम्पन्न हुने बताए। तिनले ईच्छुक महानुभावहरूले यस एकाडेमीका कोच बिशाल राईसित सम्पर्क गर्नसक्ने बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *