पानीघट्टा पुलिसको नेतृत्वमा सर-सफाई, क्लबहरूलाई फुटबल वितरण

मिरिक : अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा पानीघट्टा पुलिस आउट पोस्टले आफ्नो क्षेत्रका युवाहरुलाई लिएर आज सफाई अभियान चलाएर यहाँको विभिन्न ठाउमा व्यापक सर-सफाई गऱ्यो। पानीघट्टा पुलिस आउटपोस्ट प्रभारी शुभप्रकाश सरकारको नेतृत्वमा विभिन्न गाउँहरुका फुटबल क्लबहरूलाई पानीघट्टा पुलिसले फुटबल पनि वितरण गऱ्यो। वर्तमान समयमा युवाहरु ड्रग्स जस्तो नशालु लागु पदार्थहरुको कुलतमा फँसेकोले तिनीहरू लगायत अन्य युवाहरूलाई यस्ता कुलतबाट बचाएर खेलकुद प्रति आकर्षित गराउनको निम्ति यस प्रकारको युवामुखी कार्यक्रम गरिएको थाना प्रभारी शुभप्रकाश सरकारले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *