पानीट्याङ्की नजिक अनियन्त्रित भएर पल्टियो माछा बोकेको ट्रक

खोरीबारी (निसं): नियन्त्रण गुमाएपछि पल्टियो एउटा माछा बोकेको ट्रक। यो घटना खोरीबारीको पानीट्याङ्की नजिक राष्ट्रीय राजमार्ग 327 अन्तर्गत बटतला क्षेत्रमा भएको हो। प्राप्त जानकारी अनुसार, मंगलवार बिहान मध्यप्रदेशबाट माछा लिएर एउटा ट्रक सिलगढी आइरहेको थियो। यस अवधि खोरीबारीको पानीट्याङ्की नजिक बटतलामा आइपुग्दा ट्रक अधिक स्पीडमा रहेको कारण राष्ट्रीय राजमार्गमा लगाइएको बम्पर चालकले नदेखेपछि ट्रक अनियन्त्रित भएर पल्टियो।


घटनाको खबर पाउन साथ खोरीबारीको पानीट्याङ्की आउट पोस्ट पुलिस घटना स्थलमा आइपुग्यो अनि क्रेनको सहयोगमा दुर्घटनाग्रस्त ट्रकलाई त्यहाँबाट हटायो। खोरीबारी थाना पुलिसले सम्पूर्ण  घटनाको जाँच गरिरहेको छ। अर्कोतिर, राष्ट्रीय राजमार्गको खराब अवस्थालाई लिएर स्थानीय मानिसहरूले प्रशासनको भूमिकालाई लिएर रोष प्रकट गरेका छन्। सडकको अवस्था खराब भएकोले गर्दा लगातार दुर्घटनाहरू भइरहेको स्थानीय मानिसहरूले आरोप लगाएका छन्।  

 


 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

casibomjojobetCasibomcasibom girişcasibomcasibom girişCASİBOMholiganbet girişizmir escort bayancasibomcasibom güncel girişcasibom güncelCasibomCasibom Girişholiganbetholiganbet girişcasibom girişjojobetjojobet girişjojobet güncel girişCasibomcasibomjojobetcasibomcasibom güncel girişcasibomcasibom giriş