सिलगढी : खोरीबारीको भारत-नेपाल सीमाको पानीट्याङ्कीमा 39 ग्राम मर्फिन सहित एकजना व्यक्तिलाई पक्राउ गरेपछि आज सिलगढी अदालतमा पेश गर्यो। पक्रा परेका व्यक्ति खोरीबारीको श्यामधन जोत निवासी 50 वर्षीय माधव चन्द्र मण्डलको रूपमा चिन्हित गरिएको छ। गोप्य सूचनाको आधारमा एसएसबीका जवानहरूले भारत-नेपाल सीमाको पानीट्याङ्कीमा एकजना व्यक्तिलाई पक्रेर छानबीन गर्दा 39 ग्राम मर्फिन उद्धार गरेको बताइएको छ। यसपछि एसएसबी-ले उक्त व्यक्तिलाई पक्राउ गरेर खोरीबारी पुलिसलाई सुम्पिदिएको छ। खोरीबारी पुलिसले घटनाको जाँच शुरू गरेको छ।
