पानीट्याङ्कीमा प्रतिबन्धित कफ सिरप सहित 1 जना पक्राउ

खोरीबारी: खोरीबारीको पानीट्याङ्कीमा प्रतिबन्धित कफ सिरप सहित 1 जना युवकलाई पक्राउ गरेको छ। पक्रा परेका युवक 26 वर्षीय उत्पल दासको रूपमा चिन्हित गरिएको छ। प्राप्त जानकारी अनुसार खोरीबारी थाना पुलिसले गोप्य सूचनाको आधारमा खोरीबारीको भारत-नेपाल सिमाना अन्तर्गत पानीट्याङ्कीको गौरसिंहजोतस्थित एउटा गोदाममा अभियान चलाएर 41 बोतल कप सिरप, भारतीय 1 लाख 20 रुपियाँ लगायत नेपालको 4 हजार 300 रुपियाँ उद्धार गरेको बताइएको छ। उक्त घटनामा पुलिसले एकजना युवकलाई पनि पक्राउ गरेको छ। स्मरण रहोस्, उत्पल दासलाई पुलिसले मादक पदार्थको व्यवसाय गरेको आरोपमा धेरैपल्ट पक्राउ गरिसकेको छ। घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *