सिलगढी : पानीट्याङ्की आउटपोस्टको तर्फबाट आज पानीट्याङ्की मोड़मा मानिसहरूलाई मास्क वितरण गरियो। यसभन्दा अघि पनि सिलगढी मेट्रोपोलिटनको विभिन्न थानाका पुलिसहरूले कोरोना महामारीको समयमा मानिसहरूको सुरक्षालाई ध्यानमा राखेर माक्स वितरण गरेका थिए। तर यसपछि पनि मानिसहरूले मुखमा माक्स नलगाई सडकमा घुमिरहेको देखेपछि आज पुलिसको पहलमा फेरि मानिसहरूलाई माक्स वितरण गरेको बताइएको छ।