पंखाले काम नगरेकोबारे छैटौं श्रेणीका छात्राले गरे मेयरलाई अभियोग, जाँच गर्न पुगे मेयर स्कूलमा

सिलगढी (निसं): स्कूलको क्लास रूममा पंखा त छ तर ठीकसित काम गरेको छैन। यसलाई लिएर एकजना छात्राले टक टू मेयरकार्यक्रममा अभियोग गरेका थिए। यता, शनिवार अभियोग सुनेपछि आज मेयर गौतम देव उक्त सिलगढी हाकीमपाड़ा बालिका विद्यालय जाँचको लागि पुगे।  


स्मरण रहोस, विद्यालयको छैटौ श्रेणीका छात्राले मेयरलाई अभियोग दर्ता गरेका थिए। यसपछि मेयर गौतम देव उक्त स्कूलको क्लासमा पुगे अनि पंखाहरूको स्थिति बारे जाँच गरे। यसपछि तिनले नगर निगमका कर्मचारीहरूलाई विद्यालयको सबै श्रेणीका पंखाहरू जाँच गर्ने निर्देश दिए। यदि आवश्यकता पऱ्यो भने नयाँ पंखाहरू लगाइदिने मेयरले बताए।  

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *