सिलगढी : दार्जिलिङ जिल्ला तृणमूल कङ्ग्रेस सभानेत्री पापिया घोषले सिलगढीमा ‘दिदिर सुरक्षा कवच’ कार्यक्रम शुरू गरिन्। सिलगढीको मन्दिरमा पुजा अर्चना गरेपछि तिनी आज नगरनिगमको 7 नम्बर वार्डको हाई मद्रासा स्कुलमा गइन्। यस अवधि तिनले स्कुलको विविध समस्याहरूबारे शिक्षकहरूसित कुराकानी गर्नको साथै चाँडै उक्त समस्याको समाधान गरिदने आश्वासन पनि दिइन्। यस अवसरमा सिलगढी नगरनिगमका बोरो चेयरम्यान मिली सिन्हा, कमल अग्रवाल, मिलन दत्त, सन्तोष साहा, असिम अधिकारी लगायत तृणमूलका अन्य नेतृत्वहरू उपस्थित थिए।