परीक्षाको मिति पछि सार्ने मागमा उत्तरबंग विश्वविद्यालयमा विरोध प्रदर्शनी

सिलगढी :  उत्तरबंग विश्वविद्यालयको स्नातकोत्तर परीक्षाको मिति पछि सार्ने मागमा आज विद्यार्थीहरूले उत्तरबंग विश्वविद्यालयको प्रशासनिक भवन अघि विरोध प्रदर्शनी गरे। आज एउटा र्‍यालीको माध्यमद्वारा विद्यार्थीहरूले उत्तरबङ्ग विश्वविद्यालयको प्रशासनिक भवन अघि विरोध प्रदर्शनी गरेको बताइएको छ। एकजना विद्यार्थीको भनाइअनुसार गत 6 महिनादेखि विभिन्न विषयमा पठन-पाठनको सिलेबस समाप्त नभएको साथै कम्ती समयमा यी सिलेबस समाप्त गर्न सम्भव नरहेको बताए। सबै विद्यार्थीहरूले परीक्षा एक महिनापछि शुरू गर्ने माग गर्दै उपकुलपतिलाई आज लिखित रूपमा जनाएका छन्। विश्वविद्यालयका उपकुलपति सुबीरेश भट्टाचार्यले बताएअनुसार यसभन्दा अघि पनि संसदको चुनाउको लागि कलेजको परीक्षा पछि सारेको साथै विश्वविद्यालयको छात्र-छात्राहरूको भर्नालाई केन्द्र गरेर परीक्षाको मिति अघि बढाएको बताए। तथापि उक्त विद्यार्थीहरूसँग कुराकानी गरेर तोकिएको समयभन्दा 15 दिनपछि परीक्षा सारेको तिनले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

casibombahsegelcasibomjojobet