परीक्षामा पास गराउने मागमा आमरण अनशनमा बसे विद्यार्थीहरू

इस्लामपुर : इस्लामपुर उच्च बालिका विद्यालयका विद्यार्थीहरू परीक्षामा पास गराउने मागलाई लिएर शुक्रबार विद्यालयअघि आमरण अनशनमा बसेका छन्। अनशनमा बसेकी ती विद्यार्थीहरूले परीक्षामा पास नगराए आफूहरूको अनशन जारी रहने चेताउनी दिएका छन्। यस विषयमा विद्यालयका प्रधान अध्यापक जगद्धात्री सरकारले मोठ पाँचवटा विषयमध्ये पाँचवटा र चारवटा विषयमा कम्ती अङ्क ल्याउने विद्यार्थीहरूलाई परीक्षामा पास गराउन सम्भव नरहेको बताए। तथापि, तीनवटा विषयमा कम्ती अङ्क ल्याउने विद्यार्थीहरूलाई पास गराएको तिनले बताए। यसको साथै पठन-पाठनमा सम्झौता नगर्ने साथै यसबारेमा इस्लामपुरका महकुमा शासकलाई जानकारी गराउने तिनले बताए।


जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.