पार्षद दिलीप बर्मनले आफ्नो वार्डका कर्मचारीहरूलाई वितरण गरे नयाँ लुगाफाटा

सिलगढी, 3 अक्टोबर (निसं): सिलगढीमा दुर्गा पूजाको अवसरमा 46 नम्बरका पार्षद दिलीप बर्मनले आफ्नो वार्डका कर्मचारीहरूलाई नयाँ वस्त्र प्रदान गरेका छन्, जसले कर्मचारीहरूको अनुहारमा मुस्कान फिर्ता ल्याएको छ। स्मरण रहोस, दुर्गा पूजा पश्चिम बंगालको सबैभन्दा ठूलो चाँड हो। यस चाँडको अवसरमा सबैजनाले नयाँ लुगाफाटा लगाएर पूजा पण्डालको भ्रमणमा जाने गर्छन्। तर धेरै मानिसहरूले आर्थिक समस्याका कारण आफ्नो परिवारलाई पूजाको अवसरमा नयाँ लुगाफाटा किनिदिन सक्दैनन्। यसै कारणले पार्षद दिलीप बर्मनले आफ्नो 46 नम्बर वार्डका लगभग 40 भन्दा अधिक कर्मचारीहरूलाई नयाँ लुगाफाटासँगै बोनस पनि प्रदान गरेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *