पार्षद दिलीप बर्मनले चिया कमानका 2000 जना महिलालाई वितरण गरे लुगा-फाटा

सिलगढी, 30 सेप्टेम्बर (निसं): दुर्गा पुजा नजिकिँदै गर्दा चिया कमानमा बोनसको विषयमा श्रमिक र मालिकबीच मनमुटाव हुने कुरा कुनै नौलो होइन। यस वर्ष पनि पुजा अघि यस्तै समस्या पुनः उत्पन्न भएको छ। तर, यसपटक सिलगढी नगर निगमको 46 नम्बर वार्डका पार्षद दिलीप बर्मनले 2 हजार चिया कमानका श्रमिक महिलाहरूको अनुहारमा खुसी ल्याएका छन्।
स्मरण रहोस, दुर्गा पुजाको समयमा सबै जनाले नयाँ लुगा-फाटा लगाउँछन्, तर चिया कमानका सबै श्रमिकहरूले नयाँ लुगा-फाटा किन्ने क्षमता राख्दैनन्। यस कारण पार्षद दिलीप बर्मनको पहलमा र उत्तरेर अभियान नामक संस्थाको सहयोगमा बाघडुग्रा र नक्सलबारी इलाकाको 14 वटा कमानका 2 हजार जना महिलालाई पुजाको अवसरमा एउटा कार्यक्रमबीच नयाँ लुगाहरू उपहार स्वरूप प्रदान गरिएको हो।
उक्त कार्यक्रममा पार्षद दिलीप बर्मनसँगै तृणमूल काङ्ग्रेसका दार्जिलिङ जिल्ला अध्यक्ष आलोक चक्रवर्ती, सिलगढी महकुमा परिषद् उपसभापति रूमा रेशमी एक्का, तृणमूल नेता जेपी कनोडिया तथा अन्य उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

casibomjojobetCasibomholiganbet girişcasibom girişcasibomcasibom girişCASİBOMholiganbet girişizmir escort bayancasibomcasibom güncel girişcasibom güncelCasibomCasibom Girişholiganbetholiganbet girişcasibom girişjojobetjojobet girişjojobet güncel girişCasibom