पार्टीको नयाँ समीकरण सेप्टेम्बर महिनाको पहिलो सप्ताहमा घोषणा हुनेछ : अनित थापा

दार्जिलिङ गोजमुमो 2-ले आज दार्जिलिङमा सेन्ट्रल कमिटीको बैठकको आयोजना गर्यो। बैठकपछि पत्रकारहरूले सम्बोधन गर्दै गोजमुमो कार्यवाहक अध्यक्ष अनित थापाले भने, हामी नयाँ समीकरणमा जाँदैछौं र आजको बैठकमा यसैबारे चर्चा परिचर्चा गरियो। वर्तमान स्थितिमा नयाँ समीकरण अत्यन्तै जरुरी रहेकोले केन्द्रिय समितिको सबै सदस्यहरूको सुझाउ अनुसार आजको बैठकले उक्त निर्णय लिएको तिनले बताए। यसको साथै सेप्टेम्बर महिनाको पहिलो हप्तामा नयाँ समीकरणको घोषणा गर्ने तिनले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *