सुकेपोखरी: जोरबङ्गलो सुकेपोखरी खण्ड विकास कार्यालयका पूर्व खण्ड बिकास अधिकारी एवम् पश्चिम बङगाल राज्य पयर्टन विभागका डेपुटी डाइरेक्टर ज्योति घोष सुकेपोखरी क्षेत्रको आकस्मिक भ्रमणमा आएका थिए। यसैबीच खण्ड विकास अधिकारी सामिरूल इस्लाम अनि सुकेपोखरी पर्यटन संस्था सेटा-ले तिनलाई स्वागत जनाए। खण्ड विकास अधिकारी तथा खण्ड बिकास कार्यालयका सह अभियन्ता छिरिङ वाङदी शेर्पाले ज्योति घोषलाई खण्ड विकास कार्यालयमा स्वागत जनाउँदै कार्यालयको तर्फबाट अभिनन्दन जनाए। डेपुटी डाइरेक्टर ज्योति घोष तथा खण्ड विकास अधिकारी ईस्लामलाई सेटा सुकेपोखरीको एउटा टोलीले खण्ड विकास कार्यालयमा भेट गरेर संस्थाको तर्फबाट स्वागत जनाउँदै स्मारिका प्रदान गऱ्यो। सेटा सुकेपोखरीका सचिव फुर्बा छिरिङ शेर्पा, सुकेपोखरी पत्रकार सङगठनका उपसभापति लाक्पा छिरिङ शेर्पा, संस्थाका निम दोर्जी तामाङ, टाँशी शेर्पा आदिले दुवै अधिकारीसँग भेट गरेर यस खण्डमा पर्यटन स्थल अनि व्यवसायको बिकासबारे चर्चा गरे।
