फाँसीदेवा, 2 जनवरी (निसं): पासपोर्ट हराएपछि अवैध रूपमा देश फर्कने प्रयास गर्ने क्रममा बीएसएफ-ले नेपालका एकजना मेडिकल छात्रलाई पक्राउ गरेको छ। यो घटना फाँसीदेवा भारत-नेपाल सीमा नजिकको मुरीखावा क्षेत्रमा भएको हो। जानकारी अनुसार, निर्मल राज केसी नामक उक्त छात्र गत 5 वर्षदेखि बंग्लादेशको किशोरगञ्ज जिल्लास्थित जहरुल इस्लाम मेडिकल कलेजमा अध्ययन गर्दै थिए। आफ्नो पासपोर्ट हराएपछि उनले अवैध रूपमा भारतको माध्यमबाट नेपाल जाने योजना बनाएका थिए, तर भारतमा प्रवेश गर्ने प्रयास गर्दा निर्मल राज केसीलाई बीएसएफ-ले पक्राउ गर्योम। उनी नेपालका जुमला जिल्ला निवासी हुन्। मेडिकल छात्रलाई फाँसीदेवा पुलिसको हातमा सुम्पिदिएको छ। आज उनलाई सिलगढी अदालतमा पेश गरियो। पुलिस सूत्र अनुसार, उनीविरुद्ध अवैध रूपमा भारतमा प्रवेश गरेको आरोपमा अभियोग दर्ता गरिएको छ।
North Bengal, Uncategorized
पासपोर्ट हराएपछि अवैध रूपमा बंग्लादेशबाट फर्कने क्रममा पक्रा परे नेपालको मेडिकल छात्र
02
Jan
Jan