पत्नी हत्या गरेको आरोपमा लोग्ने पक्राउ

सिलगढी, 26 अगस्त (निसं): पत्नीको हत्या गरेको आरोपमा सिलगढीको मेडिकल आउट पोस्ट पुलिसले लोग्नेलाई पक्राउ गरेको छ। पक्रा पर्नेको नाम किशोर भगत (35) हो। तिनी मेडिकल आउट पोस्ट अन्तर्गत इलाका निवासी बताइएको छ। जानकारी अनुसार सँगै पढ्दा किशोर र स्नेहा दुवै माझ प्रेमको सम्बन्ध गाँसिएको थियो। यसपछि लगभग 12 वर्ष पहिला किशोर भगत र स्नेहा भगतले विवाह गरेपछि केही समय सम्म सबै ठीक ठाक चलिरहेको थियो। तर पछि तिनीहरूमाझ झमेला शुरू भयो। स–सानो कुरामा नै दुई जना माझ झगडा हुन थाले पछि दुवै मानसिक रूपलेदिक्कै भइसकेका थिए। पुलिस सूत्र अनुसार किशोर भगत लगभग 7 दिन घर छोडेर बाहिर बस्न थालेपछि दुवै बीच मन मुटाउ अझ बढेर गयो। यसपछि स्नेहाले किशोरलाई फकाएर घरमा ल्याए। तर फेरि गत 24 अगस्तको दिन फेरि दुवै बीच झगडा शुरू भयो। यस अवधि किशोरले आफ्नो पत्नीलाई दैलोमा जोडले धक्का दिँदा तिनको टाउँकोमा गहिरो चोट लागेको बताइएको छ। यसपछि गम्भीर घाइते अवस्थामा किशोर भगतले स्नेहालाई उत्तरबंग मेडिकल कलेज एवं अस्पतालमा भर्ना गराए तर चिकित्या अवधि तिनको मृत्यु भयो। यसपछि मृतक स्नेहाको परिवारलाई घटनाको जानकारी दिए। हिज आइतबार, शवको पोस्टमार्टम गरेपछि स्नेहाको अन्तिम संस्कार गऱ्यो। अर्कोतिर, मृतकको परिवारले मेडिकल आउट पोस्टमा किशोर भगतमाथि स्नेहालाई हत्या गरेको आरोपमा लिखित अभियोग दर्ता गऱ्यो। अभियोगको आधारमा जाँचमा जुटेको मेडिकल आउटपोस्ट पुलिसले किशोर भगतलाई पत्नीको हत्या गरेको आरोपमा पक्राउ गरेपछि आज सिलगढी अदालतमा पेश गऱ्यो। पुलिसले सम्पूर्ण घटनाको जाँच गरिरहेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

girişcasibom girişcasibomcasibom girişcasibom girişcasibomcasibom girişcasibomcasibom girişcasibom girişbahsegelcasibomcasibom giriş