पेगासस फोन ट्यापिङको विरोधमा कुचबिहारमा तृणमूलद्वारा प्रदर्शन

कुचबिहार : पेगाससको माध्यमद्वारा केन्द्र सरकारले मानिसहरूको स्वतन्त्रतामाथि हस्तक्षेप गरिरहेको आरोप लगाउँदै कुचबिहारको बीएसएनएल कार्यालय अघि तृणमूल कङ्ग्रेसले धरना प्रदर्शन गर्यो। यस अवधि आज हातमा मोबाइल फोन लिएर संगठनका सदस्यहरूले धरना प्रदर्शन गरे। यस अवसरमा कुचबिहार जिल्ला तृणमूल कङ्ग्रेस अध्यक्ष पार्थ प्रतिम राय र जिल्ला महासचिव राहुल राय मुख्य रूपमा उपस्थित थिए। पार्थ प्रतिम रायले बताएअनुसार केन्द्र सरकारले साधारण मानिसहरूको मोबाइल फोनबाट पेगाससको माध्यमद्वारा गोपनीय जानकारीहरू लिएर तिनीहरूको स्वतन्त्रतामाथि हस्तक्षेप गरिरहेकोले आज आफूहरूद्वारा यसको विरोध गरेको हो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *