सिलगढी : युवा-वृद्धा सबैले नयाँ वर्ष हर्षोल्लासको मनाउन चाहन्छन्। युवाहरू वर्षभरि नै कुनै न कुनै प्रकारले आनन्द उपभोग गरिरन्छन् तर वृद्ध-वृद्धाहरूको जीवन प्रायजसो घरमै बित्ने गर्दछ। यसैले गर्दा तिनीहरूलाई सामयिक आनन्द दिने उद्देश्य लिएर आज देशबन्धुपाडा पोस्ट अफिसका पोस्ट मास्टर प्रसनजीत कुलाचारियाले 50 जना पेन्शनर्सहरूसँग वनभोज मनाए। यसको साथै तिनीहरूलाई उपहार पनि दिए। पोस्ट मास्टर प्रसनजीत कुलाचारियाले पोस्ट अफिस र ग्राहकहरूमाझ समन्वय बनाइ राख्ने एवम् तिनीहरूलाई आनन्दको अनुभव गराउनको लागि उक्त वनभोजको आयोजना गरेको बताए। अर्कोतिर, पोस्ट मास्टरको उक्त पहलको सबै पेन्शनर्सहरूले निक्कै सराहना गर्दै आफूहरूलाई धेरै आनन्द आएको बताए।