पेशोक चियाकमानबाट 500 भन्दा अधिक परिवार तृणमूल कङ्ग्रेसमा सामेल

पेशोक : दार्जिलिङ पहाडमा हाल दिनहुँजसो विभिन्न ठाउँका मानिसहरूले आ-आफ्नो पार्टी त्यागेर तृणमूल कङ्ग्रेसलाई समर्थन जनाउने क्रम जारी देखिन्छ। यसै क्रममा आज रङ्गली-रङ्गलियट ब्लक अन्तर्गत पर्ने पेशोक चियाकमानबाट 500 भन्दा अधिक परिवारले तृणमूल कङ्ग्रेसलाई समर्थन जनाएको छ।


यस अवसरमा दार्जिलिङ तथा कालेबुङ जिल्ला हिल तृणमूल अध्यक्ष तथा सांसद शान्ता छेत्री, आरआरब्लक टीएमसी अध्यक्ष सञ्जय सुब्बा लगायत पार्टीका अन्य शीर्ष नेतृत्वहरू उपस्थित थिए। तृणमूल कङ्ग्रेसमा समर्थन जनाउने सदस्यहरूलाई सांसद शान्ता छेत्री तथा सुञ्जय सुब्बाको बाहुलीबाट पार्टीको झण्डा प्रदान गर्नको साथै आफ्नो पार्टीमा तिनीहरूलाई स्वागत जनाइयो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *