सिलगढी : पेट्रोल-डीजलको मूल्य वृद्धिको प्रतिवादमा 35 नम्बर वार्ड तृणमूल युवा कङ्ग्रेसले विक्षोभ प्रदर्शन गर्यो। 35 नम्बर वार्ड तृणमूल युवा कङ्ग्रेसले एनजेपी स्टेसन संलग्न पार्टी कार्यालयबाट आज एउटा र्याली निकालेर विभिन्न इलाकाको परिक्रमा गर्यो। 35 नम्बर वार्ड तृणमूल युवा कङ्ग्रेसका अध्यक्ष अचिन्त्य दे-ले राज्यभरिमै तृणमूल कङ्ग्रेसले पेट्रोल-डीजलको मूल्य वृद्धिको प्रतिवादमा आन्दोलन गरिरहेको छ भने यता सिलगढीमा पनि यसको विरोध जनाइरहेको छ। यसको साथै पार्टीको तर्फबाट आगामी दिनमा विविध कार्यसूची ग्रहण गर्ने तिनले बताए।