सिलगढी : पेट्रोल-डीजलको मूल्य वृद्धिको प्रतिवादमा सिलगढी टाउन 1 र 2 तृणमूल युवा कङ्ग्रेस एवम् दार्जिलिङ जिल्ला तृणमूल युवा कङ्ग्रेसद्वारा सिलगढीमा विक्षोभ प्रदर्शन गर्यो। राज्यको केही जिल्लामा पेट्रोलको मूल्य 100 रुपियाँ पार गरिसकेकोले यसको प्रतिवाद जनाउँदै आज तृणमूल युवा नेता तथा कार्यकर्ताहरूले सिलगढीको हासमी चौकमा केन्द्र सरकारको प्रतिवादमा विक्षोभ प्रदर्शन गरेको बताइएको छ।
यस अवसरमा पेट्रोलको मूल्यले 100 रुपियाँ पार गरेकोमा भाजपालाई बधाई दिँदै केक काटेको बताइएको छ। तथापि, उक्त केक कसैले पनि नखाएको साथै केक खानु पाप हो भनी तृणमूलका नेता तथा कार्यकर्ताहरूले बताए। केन्द्र सरकारविरुद्ध आन्दोलन लगातार जारी रहने तृणमूल कङ्ग्रेसका नेताहरूले बताए।