कालेबुङ: केन्द्र सरकारले पेट्रोल डीजलको करमा कटौती गरेपछि राज्य सरकारले पनि कर कम गर्नुपर्ने माग गर्दै भारतीय जनता पार्टीले पश्चिम बंगालका जिल्लापालहरूको मार्फत राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जीलाई पत्राचार गरेको छ। यसै क्रममा पेट्रोल डीजलको कर कम गर्नुपर्ने माग गर्दै आज कालेबुङ जिल्लापाललाई भेट गरेर तिनीमार्फत मुख्यमन्त्रीलाई पत्र पठाएको छ। उक्त भाजपा टोलीमा जिल्ला अध्यक्ष कल्याण देवान, कुमार चामलिङ, बिनोद मोक्तान, सञ्जय बिष्ट, युवा अध्यक्ष राजु राई आदि सामेल थिए। जिल्ला अध्यक्ष कल्याण देवानले पहाडी क्षेत्रमा गाडीको माइलेज कम हुने गरेकोले दार्जिलिङ र कालेबुङ पहाडी दुई जिल्लालाई विशेष साहुलियत दिएर भए पनि पेट्रोल डीजलको दाम कम गर्नुपर्ने माग राखेका छन्।
